काठमाडौँ । प्रभु बिग सट लगानी व्यवस्थापन सेवा सार्वजनिक भएको छ । प्रभु क्यापीटलले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर प्रभु बिग सट नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको हो ।
सो क्यापीटलले हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं उत लगानी व्यवस्थापन सेवा भने हाइट नेट ओर्थ उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित रहेको जनाएको छ । साथै, उच्च पदस्त व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा गर्दै उक्त योजना क्यापीटलले सुरु गरेको हो ।
सो योजनामा न्यूनतम लगानी ५० लाख, लगानी अवधि ३ वर्ष, ह्र्डल रेट ८ प्रतिशत, वार्षिक व्यवस्थापन शुल्क एएमसी १ प्रतिशत, मुनाफामा लाग्ने शुल्क १५ प्रतिशत आदी विशेषता रहेको क्यापीटलले जानकारी दिएको छ । बैंकका लगानीकर्ताले रु ५० लाख बाट उक्त लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।
साथै, ५०लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग सट लगानी व्यवस्थापन सेवामा आवद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सक्ने क्यापीटलले जनाएको छ ।
त्यस्तै, विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसरसमेत क्यापीटलले प्रदान गर्नेछ ।
साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवधि भित्र उक्त योजना सँग जोडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरेको हो । बैंकले ग्राहकको सेवालाई प्राथमिकतामा राखि अभिनव प्रकारका योजनाहरु संचालन गरेको छ ।
बैंकका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवा ग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरेको छ । साथै, ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापीटलले जनाएको छ ।