Skip to content
LAXMI SUNRISE BANK

बैंक र लघुवित्त कब्जा गर्ने भाषण गरेर बाहिरिंदै गर्दा दुर्गा प्रसाईंमाथि कालोमोसो, प्रहरी सुरक्षामा प्रसाईं…!

अर्थ सरोकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले काठमाडौंमा कालोमोसो दलेको छ । काठमाडौँस्थित होटल एल्लो पेगोडामा राखिएको पत्रकार सम्मेलनबाट फर्किने क्रममा उनलाई केहि व्यक्तिहरुले कालोमोसो दलेका हुन्।

उनले कार्यक्रममा तस्करहरुको फोटो सार्वजनिक गर्ने कार्यक्रम भन्दै केहि व्यवसायीहरुको फोटो सार्वजनिक गरेका थिए । सो कार्यक्रममा उनले बैंक र लघुवित्त कब्जा गर्ने भाषणसमेत दिएका थिए । कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो।

कालो मोसो कसले दल्यो भन्ने अझै यकिन भईसकेको छैन । यद्यपी कुनै राजनीतिक दलका कार्यकर्ताको योजनामा सो काम भएको हुन सक्ने अनुमान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK