×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १९.०६ अंकले घट्यो नेप्से परिसूचक, १ अर्व २८ करोडमाथिको कारोबार हुँदा नेप्से १८८९.५९ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार १९.०६ अंकले घट्यो नेप्से परिसूचक, १ अर्व २८ करोडमाथिको कारोबार हुँदा नेप्से १८८९.५९ बिन्दुमा

Artha Sarokar

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २८२ कम्पनीको ४२ लाख ८७ हजार ४ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै मंगलबारको सेयर बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, ८.५% प्रभु बैंक डेबेञ्चर २०८७, इङवा हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ३७ लाख ९४ हजार ९ सय ९१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा नबिल बैंक, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । बाराही हाइड्रोपावर पब्लिकमा यस्तो गिरावट आउँदा गरिमा डेबेञ्चर २०८५, रावा इनर्जी, श्री इन्भेस्टमेन्ट फाइनान्स र स्वेत गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको  सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी