- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ पैसा रहेको थियो ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा रहेको छ ।