Skip to content
LAXMI SUNRISE BANK

नेप्से कर्मचारी संघद्वारा नेप्सेलाई आइपीओमार्फत पुनर्संरचनाको माग गर्दै धर्ना, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी

अर्थ सरोकार

काठमाडौं । नेप्से कर्मचारी संघले असोज २४ गते बुधबार कार्यालय आगाडी धर्ना दिएका छन् । नेप्सेलाई आइपीओमार्फत पुनर्संरचनाको माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

उनीहरुले प्लेकार्डसहित नेप्से कार्यालय अगाडी धर्ना दिएको नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले जानकारी दिएका थिए । नेप्सेलाई पुनर्संरचना गरेर सबल, सक्षम, प्रतिस्प्रर्धी बनाउनु पर्ने उनीहरुको माग रहेको छ ।

थापाका अनुसार कर्मचारीहरुले राखेका माग सरकारले सम्बोधन नगरे दशैंपछि आन्दोलनलाई कडा बनाउने चेतावनी दिएका छन् । उनीहरुले ‘नेप्सेको आइपीओ तुरुन्त जारी गर’ जस्ता प्लेकार्डको प्रदर्शन गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK