Skip to content
LAXMI SUNRISE BANK

बिहीबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९३ हजार ४ सय ५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK