Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्तको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले असोज २५ गते बिहीबारदेखि १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा कार्तिक ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले सो एफपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK