×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जावलाखेलको जुत्ताचप्पल मेलामा उपभोक्ताको भीड, ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु एकै थलोमा (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जावलाखेलको जुत्ताचप्पल मेलामा उपभोक्ताको भीड, ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु एकै थलोमा (फोटो-कथा)

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशैंको मुखमा जावलाखेलमा जारी जुत्ता चप्पल महोत्सवमा जुत्ताचप्पल किन्ने उपभोक्ताको चाप ह्वात्तै बढेको छ । असोज १० गतेदेखि सुरु भएको सो महोत्सवमा विभिन्न कम्पनीहरुले २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने भएपछि जुत्ताचप्पल किन्नका लागि सो महोत्सवमा पुग्नेहरुको संख्या ह्वात्तै बढेको हो ।

नेपाली ब्राण्डका मात्रै जुत्ता तथा चप्पल राखिएको महोत्सव कार्तिक ३ गतेसम्म चल्ने आयोजकको भनाई छ । मेला संयोजक होमनाथ उपाध्यायका अनुसार ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित चलिरहेको सो महोत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहन्छ भने महोत्सवमा ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु खरिद गर्न सकिनेछ ।

महोत्सवमा रोयल शुज, वि.एफ. डियर हिल र वि.एफ. स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल्स, हाईलाईफ, केटिएम, डि.जे. शुज, वेली शुज, उत्सव, कोसेली शुज लगायत ११ वटा कम्पनी तथा ब्राण्डहरुको सहभागीता रहेको संयोजक उपाध्यायको भनाई छ । बाँकी तस्विरमा हेर्नुहोस् मेलाका झलक :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी