×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश बितरण गर्ने प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांश बितरण गर्ने प्रस्ताव

Artha Sarokar

२६ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७९-८०को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९-८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषार मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात मिति २०७७-०४-०१ देखि २०८०-०३-३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरेको हो ।

सो सभाले कम्पनी ऐन २०६३को दफा १११ अनुसार आर्थिक वर्ष २०८०-८१को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनी ऐन २०६३ को दफा १११ ३ बमोजिम बहालवाला लेखापरीक्षक जेके एण्ड एसएस एसोसिएटस्, चार्टड एकाउन्टेन्टस् पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको नियमावली अनुसार समूह ‘क’का संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ र समूह ‘ख’का सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद १ जना निर्वाचन गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने मर्ज गर्न वा प्राप्ति एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न प्रस्ताव पारित गरेको छ ।

साथै, गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित बैंकले गरेको हो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी