काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् ।
कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४:०० बजे बसेको सञ्चालक समितिको २०९औं बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार, काठमाडौं महानगरपालिका वडा नं ३० निवासी सरिना उप्रेतीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।