×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न, कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न, कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्य

Artha Sarokar

२९ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा दुई दिने कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सो कम्पनीले असोज २६ र २७ गते मधेश प्रदेशको राजधानी जनकपुरमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उदेश्यका साथ प्रशिक्षण दिएको हो ।   उक्त प्रशिक्षण कार्यक्रमका सहभागिहरुलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागिय प्रमुखहरुले आ-आफ्नो प्रस्तुतिकरण दिएका थिए ।

 त्यस्तै, मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान तथा उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले जानकारी दिएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी