×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि सुरु गर्यो नयाँ अभियान, उडान टिकट बुक गर्दा नगद फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि सुरु गर्यो नयाँ अभियान, उडान टिकट बुक गर्दा नगद फिर्ता

Artha Sarokar

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि नयाँ अभियान सुरु गरेको छ। उक्त कम्पनीले  दशैंमा नमस्ते पे मार्फत  उडान टिकट बुक गर्ने यात्रुहरूलाई नगद फिर्ता प्रदान गर्ने उद्देश्यले ‘रिटर्न उडान टिकटमा उच्चतम नगद दुई सय रुपैयाँ’ नामक नयाँ अभियान सुरु गरेको हो ।

सो अभियान २०८० कात्तिक १ गतेबाट सुरु हुँदैछ । उडानकर्ताहरूले क्यास ब्याकको लागि योग्य हनु प्रोमोकोड प्रयोग नगर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

साथै, प्रत्येक उडानकर्ताले ५ सय एमबी डेटा प्याक प्राप्त गर्न सक्नेछन् । उक्त अभियान अवधिको अन्त्यमा १ जना भाग्यशाली यात्रुले अर्को खरिदमा ५ सय ५ छुट पाउनेछन्।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरहरूमा उडान टिकटहरू किन्न सक्नेछन्। सो कम्पनीका प्रयोगकर्ताहरूले भरपर्दो तथा सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी