काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको ८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष देवेन्द्र रमण खनालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सो साधारण सभाले आर्थिक वर्ष २०७९-०८० को नाफाबाट कम्पनीको चुक्ता पुँजीको १३.१६ प्रतिशत नगद लाभाशं कर सहित पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा आर्थिक वर्ष २०८०-८१ को बाह्रय लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु पारित गरेको हो ।