×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

Artha Sarokar

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १२.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुने जनाईएको छ ।

लघुवित्तले गत वर्ष भने १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी