Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला बैंकको १९औं वार्षिकोत्सव सम्पन्न, बैंकलाई उचाईमा पुर्याउने विश्वास

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला बैंकको १९औं वार्षिकोत्सव  सम्पन्न भएको छ । सो बैंकले सोमबार आफ्नो १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो ।

बैंकले विहान ७ बजे काठमाडौँ महानगरपालीका वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । उक्त सरसफाई कार्यक्रममा बैंकका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागीता रहेको थियो ।त्यस्तै, मन्दिर परिसरको सरसफाई पश्चात बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंकै प्रांगणमा एक कार्यक्रमको आयोजनामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको थियो । साथै, वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष  उज्ज्वल सत्याल लगायत बैंकका सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङकोसमेत उपस्थिति रहेको थियो ।

उक्त, कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिएकी थिईन । साथै, बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय बालुवाटार काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा १ सय ३२ जनाले रक्तदानसमेत गरेका थिए ।

बैंकको संचालक समितिका अध्यक्ष उज्ज्वल सत्यालको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा बैंकमा ५ वर्ष भन्दा बढी अवधी काम गरेका कर्मचारीहरुलाई एक्सेलेन्स अवार्ड वितरण तथा केक कटिङ कार्यक्रमसमेत गरेका थिए । बैंकका प्रमुख सञ्चालन अधिकृत  अपूर्व प्रसाद जोशीले कार्यक्रमको अन्त्यमा बैंकको १९औं वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको बताएका थिए ।

साथै, आगामी दिनहरुमा पनि बैंकका परिवार मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै  सांग्रिला बैंकले कार्यक्रम सम्पन्न गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK