काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते बिहीवार दिउँसो १ बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने बताएको छ ।
सो कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो । जसमध्ये २ लाख ४ हजार ७ सय कित्ता बाँडफाँड भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीका अनुसार, ‘आइपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६ सय ४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका थिए । उक्त माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९ सय ३० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।’
कम्पनीले असोज २३ गते देखि २६ गतेसम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
चिरख्वा हाइड्रोपावर कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको सेयरसहित सर्वसाधारणका लागि बिक्री गरेको थियो । आइपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्