Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई सार्वजनिक लेखा समितिको स्पष्टीकरणपत्र- ‘प्रिमियममा आईपीओ नियमसंगत हो ?’ 

अर्थ सरोकार

काठमाडौँ । प्रिमियममा आईपीओ दिएको विषयमा सार्वजनिक लेखा समितिले बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ । 

जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ जारी गर्न दिनु गलत भएको भन्दै सेयर लगानीकर्ताले दिएको उजुरीका आधारमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बोर्ड र प्राधिकरणसँग स्पष्टीकरण सोधेको हो । 

प्रिमियममा आईपीओ जारी गर्न दिँदा नियमको उल्लंघन भएको भन्दै उजुरी परेको सार्वजनिक लेखा समितिका एक सदस्यले पुष्टि गरेका छन् । सोही उजुरीका आधारमा प्रिमियममा आईपीओ जारी गर्न दिएको नियमसङ्गत हो वा होइन भनी चित्तबुझ्दो स्पष्टीकरण माग गरिएको पनि ति सदस्यले बताएका छन् । 

प्राधिकरण र बोर्डले बीमा ऐन, २०७९ मा रहेको व्यवस्था उल्लंघन गर्दै बीमा प्राधिकरण र बोर्डले चार लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिएको लगानीकर्ताले आरोप लगाएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK