×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरपालिकाको सामाजिक कार्यः छत्रपाटी चिकित्सालयलाई २६ लाख ५० हजार पर्ने दुई थान भेन्टिलेटर सहयोग

PRIME CA

महानगरपालिकाको सामाजिक कार्यः छत्रपाटी चिकित्सालयलाई २६ लाख ५० हजार पर्ने दुई थान भेन्टिलेटर सहयोग

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । काठमाडौं महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका निर्देशक डा.मनोजमान श्रेष्ठलाई उक्त उपकरण हस्तान्तरण गर्नुभएको हो । यसअघि यही जेठ ८ गते महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको ल्हासाबाट प्राप्त भएका दुई थान भेन्टिलेटर पनि उक्त अस्पताललाई दिएको थियो ।

हाल यस अस्पतालमा कामपाको सहयोगमा ३५ शैयाको विशेष कोभिड अस्पताल सञ्चालन भइसकेको छ । आज हस्तान्तरण गरिएका भेन्टिलेटर महानगरपालिकाले खरिद गरेको हो । उपकरणको मूल्य प्रतिगोटा २६ लाख ५० हजार रहेको बताइएको छ । उपकरण हस्तान्तरणपछि प्रमुख शाक्यले जसरी हुन्छ, सङ्क्रमण घटाउने र उपचार गर्नुपर्ने व्यक्तिलाई गुणस्तरीय सेवा दिने महानगरपालिका केन्द्रित रहेको बताउनुभयो । अरनिको समाजले आजै अस्पताललाई एक थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने सामान तथा उपकरण प्रदान गरेको छ । यसमध्ये एनेस्थेसियाको मूल्य २६ लाख ५० हजार हो । -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: