×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट केन्द्रबिन्दु भएर फेरी गयो भूकम्प

PRIME CA
GLOBAL IME BANK

जाजरकोट केन्द्रबिन्दु भएर फेरी गयो भूकम्प

१९ कार्तिक २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्प गएको छ । जाजरकोटको बारेकोट–१ केन्द्रबिन्दु बनाएर आइतबार बिहान दुई पटक भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु बनाएर आइतबार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ ।

केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ म्याग्नेच्युट र ४ः५३ बजे ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो ।

शुक्रबार राती जाजरकोटको बारेकोट–१ केन्द्रबिन्दु बनाएर ६.४ म्यान्नेच्युटको भूकम्प गएयता जाजरकोटको सोही स्थानलाई केन्द्रबिन्दु बनाएर पराकम्पनहरु गइरहेका छन् । हालसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५७ जनाको मृत्यु भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: