- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार ५ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।