Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंमा राती १ बजेपछि देउसी खेल्न नपाइने !

अर्थ सरोकार

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राती १ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो सुचना दिएका हुन् ।

विगतको वर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्न राती ९ बजेसम्म मात्र अनुमती दिइएको थियो । यस वर्ष भने महानगरले राती १ बजेसम्म देउसी भैलो खेल्ने अनुमति दिएको हो ।

त्यस्तै, महानगरले सुरक्षाको पेट्रोलिङको व्यवस्था गरेको र सोहि समयसम्म मर्यादित भएर भैलो खेल्न अनुरोध गरेको छ । बालेनले सामजिक संजालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK