काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय सही नभएको टिप्पणी गरेका छन् । टिकटक बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय लगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत रविले टिकटक बन्द गर्नु सही नभएको बताएका हुन् ।
त्यस्तै, रविले सामाजिक सञ्जाललाई नियन्त्रण भन्दा पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले समस्या विषयवस्तुको भएको भन्दै प्लेटफर्म नै बन्द गर्नु गलत भएको तर्क गरेका छन् ।
‘समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ?’, रविले लेखेका छन्, ‘टिकटकका कयौँ युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ ।’ त्यस्तै, उनले टिकटकमा गलत गर्नेहरुले अन्य माध्यमबाट पनि गलत गर्न सक्ने भएकाले सबै प्लेटफर्म बन्द गर्ने निर्णय सही नहुने बताएका छन् ।
‘टिकटकमा हालेका भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ?’, उनले भनेका छन्, ‘यो निर्णय गर्ने सत्ता धारी कै कयौँ भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो ? मूलधारले ढोका बन्द गरेका कयौँ प्रतिभाहरु सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौँ समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौँ अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्