काठमाडौं । सहयोगी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साभारण सभा सम्पन्न भएको छ । सहकारीको २९औं वार्षिक साभारण सभा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-२ मा सोमबार सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा संघिय भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाको ३०औं स्थापना दिवसको उपलक्ष्य पारि नव निर्मित भवनको उद्घाटन चौधरीले गरेकी हुन् ।यस्तै, २०५० मंसिर ४ गते स्थापित सहयोगी साकोसमा हाल ७ हजार ६ सय ९४ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष रामेश्वर श्रेष्ठले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०-८१ को लागि नीति तथा कार्यक्रम, कोषाध्यक्ष अन्जित कुमार श्रेष्ठले आर्थिक वर्ष २०७९-८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०-८१ को लागि आनुमानित आय व्याय र कार्यक्रम वार्षिक बजेट, लेखा सुपरिवेक्षणको प्रतिवेदन समितिका सदस्य राजेश श्रेष्ठले, ऋण उप समितिको प्रतिवेदन संचालक रामहरी थापा, शिक्षा उप समितिको प्रतिवेदन संचालक कर्साङ लामा र महिला उप समितिको प्रतिवेदन संचालक सुनिता अधिकारीले प्रस्तुत गरेका थिए ।संस्थाका सचिव प्रल्हाद बस्नेत र संचालक कर्साङ लामाले संचालन गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामा लगायत कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्ष क्रमश मुकुन्द गजुरेल, सुरज खड्का, राममणी पुडासैनी तथा अन्य छिमेकी सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सहकारी क्षेत्र सुधारमा धेरै कामहरु भई रहेको र सहकारी क्षेत्रको साख कायम गर्न आवश्यक परे ऐन सम्शोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । साथै, सदस्यको बित्तिय आवश्यकतालाई परिपुर्ति गरि समुदायको दीगो र सक्षम साकोस बन्न सकोस भन्ने शुभकामना व्यक्त गरेकी थिईन् ।
साधारण सभाको अवसरमा आर्थिक वर्ष २०७९-८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी र लघुबित्त तर्फ उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्यलाई नगद तथा प्रमाण पत्रसहित सम्मान गरेका थिए ।
उक्त साधारण सभामा निवर्तमान अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा आगामी चार वर्षको लागि नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयनसमेत भएको छ ।