Skip to content
LAXMI SUNRISE BANK

विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सीईओमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको गत असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जीवन खनाललाई नियुक्त गरेको हो ।

उनलाई सञ्चालक समितिको बैठकले ४ वर्षको कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त खनालले गत कात्तिक ५ गतेदेखि कार्यभार सम्हालेका छन् ।

खनाल यसअघि स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । उनी तत्कालीन स्वाबलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि असिस्टेन्टबाट करिअर सुरु गरेका हुन् । उनीसँग सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, स्वस्तिक लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK