Skip to content
LAXMI SUNRISE BANK

एपीवान टिभीले कार्यक्रम रोकेपछि प्रसाईंसँगको दाहालको कार्यक्रम युट्युबमा अहिलेसम्मकै ‘हिट’, ३० हजार बढीले प्रिमियरमै हेरे !

अर्थ सरोकार

काठमाडौँ । एपिवान टेलिभिजनले रोकेपछि युट्युबमा प्रशारण भएको दुर्गा प्रसाईंसँगको अन्तर्वार्तासहितको भुषण दाहालको कार्यक्रम ‘दी ब्राभो डेल्टा शो’को एपीसोड अहिलेसम्मकै ‘हिट’ भएकै छ । कान्तिपुर छोडेर एपीवान टिभि मार्फत कार्यक्रम सुरु गरेका दाहालको ‘दी ब्राभो डेल्टा शो’ कार्यक्रम यसअघि युट्युबमा एकसाथ ३० हजार बढीले हरेका थिएनन् । तर प्रसाईंसँगको सो कार्यक्रम एकसाथ युट्युबमा ३० हजार बढीले हेरेका छन् ।

टेलिभिजनले कार्यक्रम रोकेपछि दाहालले आपत्ति जनाएका थिए । ‘वाह ! लोकतन्त्र, ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’, कार्यक्रम रोकिएपछि दाहालले लेखेका थिए ।

सो कार्यक्रममा प्रसाईंले देशको राजनीतिक र आर्थिक स्थितिका विषयमा बोलेका छन् भने सो कार्यक्रममा उनले मंशिर ७ गते हुने आन्दोलनका विषयमा बोलेका छन् ।
सो कार्यक्रम प्रशारण सुरु भएपछिमात्र ‘साझा कथा’ नामक सो युट्युब च्यानलमा ७००० हाराहारी त सब्स्क्राईबर्स मात्र बढेका छन्, र , यो क्रम अझै बढिरहेको छ । प्रशारण भएको कार्यक्रमको कमेन्ट र लाइभ च्याटमा अधिकांशले प्रसाईंको समर्थन गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK