काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सीइओ राजन धितालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
बैठकको निर्णयले धितालको राजिनामा मंसिर १० गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको छ । साथै, कम्पनीले मंसिर ११ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि कम्पनीका महाप्रबन्धक सुवास अर्याललाई सीइओको जिम्मेवारी प्रदान गरेको छ ।