×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा, ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीको पाटनमा, ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्य

Artha Sarokar

११ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बैतडी जिल्ला पाटन नगरपालिका वडा नं.६ स्थित पाटनबजारमा  नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले मंसिर १० गते आइतबारदेखि लागु हुने गरि शाखा संचालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका थिए । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३ सय ५१ पुगेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५१ शाखा, ३ सय ६९ एटीएम, २ सय ७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ ।

यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । साथै, देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी