×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट चितवन र धुलिखेलमा थप २ जनाको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट चितवन र धुलिखेलमा थप २ जनाको मृत्यु

२५ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धुलिखेल
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
यता, काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषले पनि ज्यान ज्यान गुमाएको छ।धुलिखेल अस्पतालमा १० दिनदेखि उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी जन्डिसकोसमेत बिरामी थिए । योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी