×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता

Artha Sarokar

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच सम्झौता भएको छ । इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा  इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाइजेसन प्राप्त गर्न सकिनेछ ।

सोही अवसरमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफ्ना ग्राहकलाई इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका थिए ।

साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी