Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ पावरब्यांक पड्किएपछि चाइना एयरको विमानमार्फत चीन उड्न लागेका यात्रुको ब्यागमा आगो लाग्यो ! 

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीन उड्न लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार एयर चाइनाको विमानमार्फत चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको हो । 

बोर्डिङ पास लिएर यात्रु प्रतीक्षालयमा बसिरहेको ती यात्रुको ह्याण्डब्यागमा अचानक आगो लागेको थियो । ह्याण्डब्यागमा आगो लाग्नासाथ विमानस्थल सुरक्षाकर्मीको टोलीले आगो निभाएको छ । 

आगो यात्रुको ह्याण्डब्यागमा रहेको पावरब्यांक पड्किएर लागेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिएका छन् । शाहका अनुसार उनले प्रतीक्षालयमा पावरब्यांकबाट चार्ज गर्दै आइप्याड चलाइरहेका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK