×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा उछाल, वर्षौंपछि सेयर बजारमा ‘पोजेटिभ सर्किट’

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा उछाल, वर्षौंपछि सेयर बजारमा ‘पोजेटिभ सर्किट’

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेको छ । यो नेपालको सेयर बजारमा धेरै पछि देखिएको ‘पोजेटिभ सर्किट’ हो ।

आइतबार नेप्सेमा बजार खुलेको ५ मिनेट ४८ सेकेण्डमै बजार ४ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ । २० मिनेटका लागि बन्द भएको बजार २० मिनेटपछि पुनः खुल्नेछ ।

सेयर बजारमा वर्षौंपछि ‘पोजेटिभ सर्किट’ लाग्नुमा मौद्रिक नीतिका समीक्षा मुख्य कारण हो । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिएको थियो । अर्थात यसअघि ५० लाखभन्दा धेरै रकमको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा अब १२५ प्रतिशत रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: