×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा दोस्रो ‘पोजेटिभ सर्किट’, करोबार पुनः स्थगित

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा दोस्रो ‘पोजेटिभ सर्किट’, करोबार पुनः स्थगित

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आइतबार सेयर बजारमा दोस्रो ‘पोजेटिभ सर्किट’ लागेपछि बजार पुनः बन्द भएको छ । कारोबार सुरु भएको ५ मिनेट ४८ सकेण्डमै बजार ४ प्रतिशतले बढेर ‘पोजेटिभ सर्किट’ लागेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो ।

तर, बजार बन्द भएको २० मिनेटपछि बजार खुल्ने बित्तिकै बजार ५ प्रतिशतले बढेर दोस्रो पटक ‘पोजेटिभ सर्किट’ लागेपछि बजार दोस्रो पटक बन्द भएको हो । यसपटक बजार ४० मिनेटका लागि बन्द भएको छ ।

साताको कारोबार पहिलो दिनमै यसरी बजार बढ्नुलाई धेरैले मौद्रिक नीतिको समीक्षाको प्रभावका रुपमा विश्लेषण गरेका छन् । मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार घटाएसँगै तथा ब्याजदर घटाउने र कर्जा प्रवाह बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: