×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ महानगरमा अनलाइन राजश्व निर्धारण तथा सङ्कलन कार्य प्रभावकारी बन्दै, ६ करोड ७५ लाख राजश्व असुली

LAXMI SUNRISE BANK

काठमाडौँ महानगरमा अनलाइन राजश्व निर्धारण तथा सङ्कलन कार्य प्रभावकारी बन्दै, ६ करोड ७५ लाख राजश्व असुली

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु ६ करोड ७५ लाख असुल गरेको छ ।  यसरी सङ्कलित भएको राजश्वमा सबैभन्दा बढी वहाल कर रहेको छ । यस वर्षको लागि कामपाले रु ११ अर्ब ७६ करोड लक्ष्य लिएको छ । कामपाले पहिलो पटक यस प्रणालीको शुरुआत् यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन कार्य प्रभावकारी बन्दै गएको कामपाको भनाइ छ । 
मपा राजश्व विभागका निर्देशक शिवराज अधिकारीले यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीे व्यवस्थापन र पारदर्शी बनाउन सहयोग पुगेको बताउनुभयो । यो प्रणाली साङ्ग्रीला इन्फरमेटिक्सले विकास गरेको हो । यही असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा आएको छ । यसैगरी असोज १३ गतेदेखि वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा यो प्रणाली लागु भएको छ । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मुल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । 
करदातासँग सम्बन्धित र सोधिएका-माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो । –रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी