×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरभित्र बजार अनुगमन तीव्र, कालोपुलस्थितको मार्टमा म्याद गुज्रिएका सामान भेटिए…! (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौं महानगरभित्र बजार अनुगमन तीव्र, कालोपुलस्थितको मार्टमा म्याद गुज्रिएका सामान भेटिए…! (भिडियो रिपोर्ट)

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ । महानगरपालिकाले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो । महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ । 
अनुगमनका क्रममा नक्साल स्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहनुभएका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताउनुभयो । त्यसबाहेक कालोपुल स्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनि वाणिज्य विभागले कारबाही गरेको पाइएकोले एक साता भित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उहाँले बताउनुभयो । उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारबाहीको प्रक्रियामा जाने पनि उहाँले बताउनुभयो ।
यस्तै अनुगमनमा रहनुभएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तिब्रता दिनुपर्ने बताउनुभयो । जहाँ म्याद सकिएका समाग्री फेला पर्छ त्यहिं नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उहाँले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविश्यमै आफ्नै कार्यपविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी