काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् । कम्पनीको २३०औं संचालक समितिको बैठकले पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
उनलाई डेप्युटी गभर्नर बम बहादुर मिश्रले अध्यक्ष पदको सपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।