काठमाडौँ । वाईवाईको ट्रेडमार्क चोरी गरेको पुष्टी भएपछि उच्च अदालत पाटनले करेन्ट चाउचाउ उत्पादन कम्पनी यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरेर उत्पादन र बिक्री वितरण गर्न रोक लगाएको छ । सिजी फुड्सले हालेको मुद्धामा प्रतिवादी यसोदा फुड्सलाई हराउँदै उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते सिजीको पक्षमा फैसला गरेको हो ।
आफ्नो ब्राण्ड इमेजमाथि धक्का लाग्नेगरी करेन्टले ट्रेडमार्क चोरेको भन्दै अदालत गएको सिजीले मुद्धा जितेपछि नक्कली ट्रेडमार्क प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन तथा विक्रीवितरणमा रोक लागेको छ । अदालतले यशोदा फुड्सले ट्रेडमार्क दर्ताका लागि दिएको आवेदन प्रक्रियासमेत रोक्न आदेश दिएको छ ।
करेन्ट चाउचाउ सम्बन्धि यो निर्णयले आफ्नो ब्राण्डमा रक्सी उत्पादन तथा विक्री गरिरहेको कम्पनीविरुद्ध कानुनी उपचारमा जान नेप्सेलाई थप सहज भएको छ । यसअघि नेप्से बुल्स नामक रक्सी बजारमा आएपछि नेप्सेले आपत्ति जनाएको थियो । तर सो रक्सी उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क दर्ता प्रक्रियालाई देखाएर नेप्सेलाई अटेर गरेको थियो । यो केसले नेप्सेलाई सहज भएको छ ।
नेप्से अव अदालत जाने हो भने यहि नजिरलाई लिएर नेप्सेले मुद्धा जित्न सक्छ । नेप्से बुल्स नामक रक्सीले नेप्सेको इतिहाससमेत रक्सीको बोतलमा टाँसेर नेप्से बुल्सकै नाममा रक्सी वितरण गरिरहेको छ ।
यता एक अर्को कम्पनी ‘नेप्से रेड’ नामक कण्डम उत्पादन गर्ने तयारीमा छ । तर, नेप्से बुल्सको मुद्धामा नेप्सेले के गर्छ भन्ने विषय उठेपछि सो नामले ट्रेडमार्क प्रक्रियालाई हालका लागि रोकेको छ । ‘हामी त उत्पादनसम्मको काममा अघि बढ्ने मिति तयार गरेर अगाडी बढीसकेका थियौँ । फेरी नेप्सेको नाम प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्नेमै द्विविधा भयो ।’ अर्थ सरोकारको सम्पर्कमा आएका ती संचालकले भने, ‘नेप्से बुल्सको केस साम्य भयो भने हामी पनि अघि बढ्छौँ । होइन भने अर्को नाममा उत्पादन गर्ने सोचेका छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्