काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालबाट ६ करोड बढीको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो पाँच महिनामा ६ करोड २ लाख ३१ हजार रुपैयाँको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको हो ।
उक्त अवधिमा विश्वका १७ वटाभन्दा बढी देशमा कुरकुरे, कुरमुरे र लेज निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै भुटानमा २ करोड ७६ लाखको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ ।
त्यस्तै, अष्ट्रेलियामा १ करोड २ लाख, भारतमा ३८ लाख, इटालीमा ४० लाख, बहराइनमा १८ लाख, कवेत र कतारमा १०/१० लाख र ओमानमा ११ लाखको कुरकुरे, कुरमुरे र लेज निर्यात भएको छ ।
यी बाहेक नेपालबाट विश्वका अन्य विभिन्न देशहरुमा पनि कुरकुरे, कुरमुरे र लेज निर्यात भएको भन्सार विभागले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्