काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी गाउँपालिका वडा नं.८, हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य देवन्ती देवी रामले संस्थाबाट ८० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ५ हजार समेत फिर्ता गरी जम्मा रकम ३० हजार निज सदस्यको घरमै गइ एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।