×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर महाप्रसादको योग्यता प्रकरणमा सञ्चारमाध्यमले सिएलाई ‘तालिमे पेशा’ भनेकोमा एक्यानको आपत्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गभर्नर महाप्रसादको योग्यता प्रकरणमा सञ्चारमाध्यमले सिएलाई ‘तालिमे पेशा’ भनेकोमा एक्यानको आपत्ति

Artha Sarokar

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यताको विषयलाई लिएर अदालतमा रिट परेपछि विभिन्न संचारमाध्यममा आएका टिकाटिप्पणीबारे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आपत्ति जनाएको छ ।  चार्टर्ड एकाउन्टेन्ट्स (सीए)लाई तालिमे पेसाको रूपमा व्याख्या गरिएकोभन्दै एक्यानले विज्ञप्ति नै जारी गरेको आपत्ति जनाएको हो ।

विज्ञप्तिमार्फत एक्यानले न्यूनतम पाँच वर्षे अध्ययन अवधि रहेको उपाधिको सही मूल्यांकन नभए देशमा रहेका सीएहरू अन्यत्र पलाएन हुन सक्ने समेत खतरा हुने बताउँदै ‘सीएजस्तो गरिमामय’ पेसाको मर्यादामा आँच आउने खालको टीकाटिप्पणी नगर्न पनि आग्रह गरेको छ ।

‘न्यूनतम पाँचवर्षे अध्ययन अवधि रहेको यस पेसामा अहोरात्र खटिएर अनेकन पटक प्रयास गरेर, तीनवर्षे तालिम अवधि पूरा गरेर हासिल गरेको उपाधिको मूल्यांकन सही तरिकाले हुन सकेन भने यो देशमा रहेर सेवा प्रदान गरिरहेका चार्टर्ड एकाउन्टेन्ट्सहरू अन्यत्र पलायन हुन सक्ने समेत खतरा उत्पन्न हुने कुरामा दुईमत छैन,’ संघले भनेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी