काठमाडौँ । सहकारी ठगी प्रकरणमा जेल चलान भइसकेका अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षविरुद्ध पुनः पौने २ करोड रुपैयाँ ठगी मुद्दा परेको छ । सहकारीको ६ करोड रुपैयाँ ठगी मुद्दामा दोषी ठहर भएर जेल चलान भइसकेका संस्थाका अध्यक्ष मनोजकुमार भण्डारीविरुद्ध फेरी पौने दुई करोड ठगी मुद्दा परेको हो ।
काठमाडौँको नयाँ बानेश्वरस्थित अस्मोसिस सहकारीका अध्यक्ष भण्डारीसहित ९ जना विरुद्द जिल्ला अदालत काठमाडौँमा ३८ जना बचतकर्ताले ठगी मुद्दा दायर गरेका हुन् ।
संस्थाका अध्यक्ष मनोज कुमार भण्डारी सहकारीको रकम अपचलन गरी बचतकर्तालाई ठगी गरेको कसुरमा यसअघि नै दोषी ठहर भएर अहिले जेलमा छन् । काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइसकेको छ । हाल जिल्ला अदालतमा दायर गरिएको मुद्दामा भण्डारीलाई पक्राउ प्रतिवादी बनाइएको छ भने बाँकी ८ जनालाई फरार प्रतिवादी बनाइएको छ ।
फरार प्रतिवादीहरुमा सहकारीका उपाध्यक्ष शिवभक्त पोखरेल, सचिव परशुराम दाहाल, कोषाध्यक्ष डिल्लीराज भट्ट, सदस्य शिवराज ओझा, गणेशमान श्रेष्ठ, लक्ष्मीप्रसाद ओझा, शिखा भट्ट र अनु भट्टराई सापकोटा रहेका छन् । उनीहरुमाथि बचतकर्तालाई बढि ब्याजको प्रलोभन देखाएर रकम जम्मा गर्न लगाई ठगी गरेको आरोप लागेको छ ।
यद्यपि अर्थ सरोकारको सम्पर्कमा आएका सहकारीका उपाध्यक्ष शिवभक्त पोखरेलले भने आफूले सहकारीको उपाध्यक्षबाट राजिनामा दिइसकेको दाबी गरेका छन् । हाल फरार रहेकाहरुको खोजीकार्य भइरहेको र ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्