×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सकियो रवि मिश्रको कार्टुन प्रदर्शनी

PRIME CA
GLOBAL IME BANK

सकियो रवि मिश्रको कार्टुन प्रदर्शनी

१५ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कार्टुनिष्ट रवि मिश्रले काठमाडौँको नयाँ बानेश्वरमा सुरु गरेको एकल कार्टुन प्रदर्शनी ‘डिपेक्सन’ सकिएको छ । नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको उमोजा कफीमा माघ ४ गतेदेखि सुरु भएको कार्टुन प्रदर्शनी माघ १४ गते (आइतबार) सकिएको हो ।

प्रदर्शनीमा मिश्रले ३५ वटा कार्टुन राखेका थिए । प्रदर्शनीमा राखिएको कार्टुनहरुमा समाजको दृश्य उतारेको मिश्रको भनाई छ । १७ वर्षदेखि काुर्टन बनाइरहेका मिश्रले हालसम्म तीन हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन् । मिश्रका अनुसार ‘डिपेक्सन’ नाम दिइएको एकल कार्टुन प्रदर्शनीमा उनले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुनहरु राखिएको थियो ।

कार्टुन प्रदर्शनी सकिएसँगै मिश्रले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास सफल भएको बताएका छन् । तस्वीरमा हेर्नुहोस् मिश्रको एकल कार्टुन प्रदर्शनीमा राखिएका कार्टुनहरुः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: