
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सामलिङ्ग पावर कम्पनीले १२ लाख ३० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय मुल्यमा १२ करोड ३० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो । कम्पनीले उक्त आइपिओ निष्काशनको लागि बिक्री प्रवन्धकमा नेपाल एसबिआई बैकिङ्ग कम्पनी नियुक्त गरेको छ । साथै, सेयर रजिष्ट्रारको काम पनि नेपाल एसबिआई बैकिङ्गले गर्ने सम्झौता समेत गरिएको छ ।
सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय, सानेपा–२, ललितपुरमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्