
- अर्थ सरोकार सम्बाददाता
बाजुरा । सुदूरपश्चिममा बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी हुँ भन्दै ठगी बझाङका देवराज थापा पक्राउ परेका हुन् । थापाले बाजुराका केही स्थानीयहरुलाई विना धितो ऋण उपलब्ध गराइदिन्छु भन्दै ठगी गरिरहेको सूचना पाएपछि उनलाई बझाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले बताउनुभयो ।
उनले बुढीनन्दा नगरपालिका पाण्डुसैनकी १ महिलाको ३० हजार रुपैँया ठगेको, त्यसैगरी सदरमुकाम मार्तडीको बानीया होटलमा केही दिन बसी खाना खाएको ५६ हजार नतिरेको र बझाङ्को छान्ना घर भएका व्यापारी जगत रावतलाई समेत ठगी गरेकोे बुझीएको डिएसपी महराले जानकारी दिनुभएको छ । पक्राउ परेका थापालाई आइतबार जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको डिएसपी महराले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्