- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज १३ गतेबाट संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको यो सेयरमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ ।