×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै दिन दोश्रो विज्ञप्ति निकालेर एनआईसीले भन्यो- ‘राष्ट्र बैंकको निरीक्षण नियमित क्यालेन्डर अन्तर्गत हो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकै दिन दोश्रो विज्ञप्ति निकालेर एनआईसीले भन्यो- ‘राष्ट्र बैंकको निरीक्षण नियमित क्यालेन्डर अन्तर्गत हो’

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एकै दिन दुई विज्ञप्ति निकालेर एनआईसी एशिया बैंकले राष्ट्र बैंकले बैंकमा गरिरहेको इन्सपेक्सन नियमित क्यालेन्डर अन्तर्गत भएको दाबी गरेको छ । विहान मात्र एक अर्को समाचारको विषयमा विज्ञप्ति निकालेको बैंकले बेलुकी पुन: बिज्ञप्ति निकालेर राष्ट्र बैंकले गरिरहेको इन्स्पेक्सन नियमित भएको दाबी गरेको हो ।

‘केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित भ्रामक समाचारहरुप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित Calendar अन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको Investigation गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरु प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं ।’
साथै बैंकले सुधिर पाण्डेको राजिनामासँग जोडेर भएका टिप्पणीहरुप्रति पनि ध्यानाकर्षण भएको बताएको छ । ‘यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उहाँको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षज्यूको, सञ्चालकज्यूहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेकोले यस्ता हास्यास्पद समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी