- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला एक हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम सुनको मूल्य ८१ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५ पैसा कायम गरेको छ ।