×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी सबल योजनाको इकाई बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी सबल योजनाको इकाई बाँडफाँड

१७ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत संचालित ‘कुमारी सबल योजना’को इकाई बाँडफाँड भएको छ । इकाईको बाँडफाँड फागुन १६ गते बुधबार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्सालमा भएको थियो ।

कम्पनीले माघ २८ गतेदेखि फागुन १३ गतेसम्म प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको थियो ।

सो इकाईमा आवेदन दिने २९ हजार १ सय ६० जना मध्ये रितपुर्वक आवेदन दिने २९ हजार १३४ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, दोहोरो आवेदन दिने २६ जना आवेदकहरुको आवेदन रद्द भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी