×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा पनि सुपथ मूल्यका पसल संचालनमा, कुन सामानमा कति छुट पाइन्छ ? (विवरणसहित)

LAXMI SUNRISE BANK

धनगढीमा पनि सुपथ मूल्यका पसल संचालनमा, कुन सामानमा कति छुट पाइन्छ ? (विवरणसहित)

१६ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

धनगढी । यस वर्षको चाडपर्वलाई लक्षित गरी कैलालीको धनगढीमा बिहीबारबाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले उक्त मुल्यका सुपथ मूल्य पसल मङ्सिर ६ गतेसम्मका लागि सञ्चालनमा ल्याएको हो । 
कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेले उपभोक्तालाई राहत उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजरलगायतका सामग्री बिक्री गरिने  बताए ।उनले पसलमा चिनी प्रतिकिलो  ७० र नुन प्रतिकिलो १८ मूल्य निर्धारण गरिएको पनि बताए । बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा १० र नुन प्रतिकिलोमा दुई छुट गरिएको छ ।
यस्तै साबुन एकको पाँच र स्यानिटाइजरमा १० छुट गरिएको छ । सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न पाइने व्यवस्था रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी