×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘१८ सहकारी समस्याग्रस्त घोषणा भईसके, थप अनुसन्धान हुँदैछ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘१८ सहकारी समस्याग्रस्त घोषणा भईसके, थप अनुसन्धान हुँदैछ’

Artha Sarokar

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हालसम्म १८ सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको बताएका छन् । नयाँ मन्त्रिपरिषद् गठनपछि बसेकोठ संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूलो कारोबार गर्ने समस्या उन्मुख १८ सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको बताएका हुन् ।

‘ठूलो कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाहरुको पहिचान गरी नेपाल राष्ट्र बैंकको समेत सहभागितामा सदन अनुमगन कार्य प्रारम्भ गरिएको छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हालसम्म १८ सहकारी संस्थालाई सहकारी ऐन २०७४ बमोजिम समस्याग्रस्त सहकारी संस्था घोषणा गरी सम्पत्ति र दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समतिमा पठाइसकिएको छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले समस्या उन्मुख ठूलो कारोबार गर्ने अन्य सहकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

साथै उनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको र वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानूनको मस्यौदा अन्तिम चरणमा पुगेको पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी