×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उपसमितिको अध्यक्षमा विष्णुमाया उचही निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उपसमितिको अध्यक्षमा विष्णुमाया उचही निर्वाचित

Artha Sarokar

३० फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ महिला उपसमितिको अध्यक्षमा विष्णुमाया उचही निर्वाचित भएकी छिन् । महासंघ अन्तर्गतको महिला उपसमितिको सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनले उचहीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपसमितिको उपाध्यक्षमा रुपन्देहीबाट देवी कार्की, सचिवमा काठमाडौंबाट सर्मिला कार्की (रिमाल), कोषाध्यक्षमा मकवानपुरबाट सरिता प्रधान चयन भएका छन् । यस्तै सदस्यहरुमा सम्झना सिलवाल (चितवन), सृजना भट्टराई (सुनसरी), प्रभा घिमिरे (पश्चिम नवलपरासी), तारा बुढाथोकी (पोखरा), गीता खम्चा (नवलपुर) सर्वसम्मतबाट चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष उचहीले आफ्नो नेतृत्वमा ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध महिला सदस्यहरुको साझा समितिलाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने जानकारी दिइन् । उनले समग्र ग्रीलजन्य व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा समेत व्यक्त गरेकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी